दफा २७
मर्का वा अन्याय परेको विषयमा उजुरी
(१) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै अधिकृतलाई कमाण्डिङ्ग अधिकृत वा आपूभन्दा माथिको अधिकृतले कुनै विषयमा मर्का पारेमा सो विरुद्ध निजले आफ्नो कमाण्डिङ्ग अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजुरीको सम्बन्धमा कमाण्डिङ्ग अधिकृत वा पतिले दिएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले प्रधान सेनापति समक्ष निवेदन दिन सक्नेछ ।
(३) अधिकृत तहभन्दा मुनिको व्यक्तिको हकमा निजले सम्बन्धित पति समक्ष उजुरी दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम उजुरी दिँदा पतिबाट निजलाई परेको मर्काको सुनुवाइ नभएको अवस्थामा कमाण्डिङ्ग अधिकृतसमक्ष र कमाण्डिङ्ग अधिकृतबाट पनि सुनुवाइ नभएमा वा निजको निर्णयमा चित्त नबुझेमा सोभन्दा माथिल्लो तहका कमाण्डिङ्ग अधिकृत समक्ष उजुरी दिन पाउनेछ र त्यस्तो उजुरी पर्न आएमा कमाण्डिङ्ग अधिकृतले त्यस्तो उजुरवालालाई सोको निस्सा दिई माथिल्लो तहमा पठाइदिनु पर्नेछ । कमाण्डिङ्ग अधिकृतले त्यस्तो उजुरी माथिल्लो तहमा नपठाएमा निज उपर अनुशासनात्मक कारबाही हुनेछ ।
(५) उपदफा (१) र (४) बमोजिम पर्न आएको उजुरीको सम्बन्धमा उजुरी सुन्ने अधिकृतले जाँचवुझ गरी उजुरवालालाई परेको मर्का निराकरण गर्नु पर्नेछ र आवश्यक परेमा उजुरीलाई आपूmभन्दा माथिको अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(६) उजुरी सुन्ने अधिकृत विरुद्ध नै उजुर गर्नु पर्ने रहेछ भने मर्का पर्ने व्यक्तिले त्यस्तो अधिकृतभन्दा माथिको अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।
(७) यस दफा बमोजिमको उजुरी सम्बन्धमा प्रधान सेनापतिबाट भएको निर्णय अन्तिम हुनेछ ।
(८) उजुरीको सुनुवाइ गर्ने तरिका तोकिएबमोजिम हुनेछ ।
(९) नेपाल सरकारले मुनासिब ठानेमा यस दफा बमोजिम भएको निर्णयको पुनरावलोकन गर्न सक्नेछ ।